
ज्ञानमाण्डू। नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात मंगलबार जेठ ४ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट आएसँगै चाँदीको मूल्यमा पनि ओरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मंगलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।
