ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्थाले कोभिड १९ का कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा आफ्ना ग्राहक सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरूका लागि निम्नानुसारको "किसान कोरोना राहत कार्यक्रम (KCR program)" ज्येष्ठ १ गते देखि सञ्चालन गरिरहेको जनाएको छ ।
- व्याज र हर्जाना छुट:
- व्याज ५ देखि १०% छुट हर्जाना नलाग्ने ।
- कोरोना आकस्मिक कर्जाको ब्याजदरमा १ प्रतिशत व्याज र १ प्रतिशत सेवा शुल्क छुट ।
- सहुलियत कर्जा: कोरोनाबाट प्रभावितलाई दुई जनाको जमानीमा "कोरोना आकस्मिक कर्जा" को व्यवस्था।
- स्वास्थ्य सामाग्री वितरण: अक्सिजनको लागि कन्सन्ट्रेटर, एन्टिजेन्ट मेसिन, पिपिई, औषधी, मास्क, स्यानिटाइजर र पन्जा।
- कर्मचारी कोरोना राहत: ५ लाख सम्मको म्यादी बिमा, औषधी र Medical Consultant बाट कोरोना सम्बन्धी online जानकारीको व्यवस्था।
- केन्द्र प्रमुखलाई जिम्मेवारी Digital payment system को शुभारम्भ:
- E-Sewa, mobile banking, QR code बाट बचत तथा भुक्तानी र online loan processing system मार्फत कर्जा कारोबार गर्ने ।