
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर २०६० दशमलव ५५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ४९ अंकले घटेर ३९८ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आज कूल २१८ कम्पनीका ५३ लाख ३९ हजार ००४ कित्ता शेयर रु २ अर्ब ०४ करोड ७० लाख ९३ हजार ६८८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह १ दशमलव ०४ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह २९ दशमलव ५६ अङ्कले, निर्जीवन बीमा ८.३ अङ्कले र उत्पादन उपसमूह २२.७८ अङ्कले बढेका छन् । यता, ट्रेडिङ उपसमूह ४१ दशमलव १५ अङ्कले घट्दा विकास बैंक उपसमूह ३५ दशमलव २ अङ्कले, जलविद्युत २८.७८ अङ्कले, वित्त उपसमूह १६.९ अङ्कले, अन्य उपसमूह २५.९६ अङ्कले, लघुवित्त उपसमूह ७.७१ अङ्कले, जीवन बीमा ३७.०२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५३ अङ्कले घटेको छ।
