
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १३ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।