
नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकको आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न देशबाट आएका पर्यटकको सङ्ख्या सन् २०२४ को तुलनामा केही बढ्दै सकारात्मक प्रवृत्ति देखिएको हो।
सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसको तुलनामा २०२५ मा पर्यटक आगमनमा सामान्य वृद्धि भएको बोर्डले जनाएको छ। विशेष गरी डिसेम्बर महिनामा मात्र ९८ हजार १९० विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
डिसेम्बरमा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट ४ हजार ९८०, अस्ट्रेलियाबाट ४ हजार ४१९, थाइल्यान्डबाट ४ हजार २३४ र बेलायतबाट ३ हजार ७९३ जना आएका थिए। यस्तै, म्यानमार र मलेसियाबाट क्रमशः २ हजार ७५८ र २ हजार ४२९ पर्यटक नेपाल पुगेका छन्।
वार्षिक तथ्याङ्क अनुसार २०२५ मा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्, जसको सङ्ख्या २ लाख ९२ हजार ४३८ पुगेको छ। त्यसतै अमेरिकाबाट १ लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बङ्गलादेशबाट ४९ हजार ३५७, अस्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलङ्काबाट ३० हजार २४३, थाइल्यान्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका छन्।
नेपालमा हालसम्मकै उच्च पर्यटक आगमन सन् २०१९ मा भएको थियो, जब ११ लाख ९७ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
२०२५ मा नेपाल भित्रिए ११ लाख ५८ हजार विदेशी पर्यटक, आगमनमा निरन्तर सुधार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
