नेपाल विश्वविद्यालय र उद्योग परिसङ्घबिच समझदारी

शिक्षा र उद्योगबिचको सहकार्यलाई बलियो बनाउने उद्देश्यसहित नेपाल उद्योग परिसङ्घ र नेपाल विश्वविद्यालयबिच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। परिसङ्घको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल विश्वविद्यालयका रजिस्टार डा. सूर्यराज आचार्य र परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले सम्झौतामा हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले हालको आवश्यकता सीपयुक्त जनशक्ति रहेको उल्लेख गर्दै नेपाल विश्वविद्यालयजस्तो नयाँ अवधारणामा आधारित संस्थाले गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गरी उद्योग क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसङ्घले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि इन्टरनसीप आवश्यक रहेको उल्लेख गर्दै उद्योग परिसङ्घको सहयोग अपरिहार्य भएको बताउनुभयो। उहाँले विश्वविद्यालय सीप, नवीनता र व्यावसायिकता समेटिएको शिक्षा प्रणालीतर्फ उन्मुख रहेको जानकारी दिनुभयो।

उपकुलपति प्रा.डा. अर्जुन कार्कीले विश्वविद्यालयले उद्यमशीलता, नवप्रवर्तन र नैतिक मूल्यसहितका कार्यक्रम विकास गरिरहेको जानकारी दिनुभयो। विश्वविद्यालय नयाँ सोचसहित अघि बढेकाले यसको सफलताका लागि औद्योगिक क्षेत्रको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगको अनुभव, अनुसन्धान, नवप्रवर्तन र पाठ्यक्रम विकासमा विश्वविद्यालयसँग सहकार्य गरिने बताउनुभयो।

कार्यक्रममा विश्वविद्यालयका बोर्ड सदस्य डा. जगदीशचन्द्र पोखरेल, डा. विमला राई पौडेल, डा. लालकृष्ण केसीलगायतको सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x