नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” भन्ने सन्देशसहित विशेष अफर सार्वजनिक गरेको छ। यस विशेष अभियान अन्तर्गत सामसङका विभिन्न स्मार्ट होम उपकरणहरूमा छुट, उपहार तथा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा प्रदान गरिएको छ।
सो अफरले सामसङका स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरूमा स्मार्टथिङ्स एपमार्फत मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध गराउँछ, जसले उपभोक्तालाई थप स्मार्ट र सुगम जीवनशैलीको अनुभव दिलाउनेछ।
५५ इन्च वा सोभन्दा ठुला टिभी खरिद गर्दा ग्राहकले १२ महिनाको वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सेवा निःशुल्क पाउनेछन्। त्यस्तै, पुराना टिभी एक्सचेन्ज गर्दा चुनिएका युएचडी मोडेलमा रु. ८,००० सम्मको बोनस प्राप्त हुनेछ। यी टिभीहरूमा ३ वर्षको वारेन्टी समेत दिइनेछ।
सामसङको बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिनहरू पनि अफरमा समावेश गरिएका छन्। विशेषतः ९ केजी क्षमताको वाशिङ मेसिनमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी मोडेलमा ६ केजीको सर्फ एक्सेल म्यातिक निःशुल्क पाइने व्यवस्था गरिएको छ। साथै, डिजिटल इन्भर्टर कम्प्रेसर र मोटरमा २० वर्षको वारेन्टी प्रदान गरिएको छ।
ग्राहकहरूले हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड मार्फत टिभीमा १८ महिना र अन्य उपकरणमा १२ महिना अवधिसम्म ०% ब्याजदरमा ईएमआई सुविधाबाट लाभ लिन सक्नेछन्।
सो अफर सामसङका आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापार प्रा. लि. मार्फत नेपालभर लागू गरिएको छ। साथै, सामसङले डिजिटल प्रविधिको माध्यमबाट भविष्यलाई अझ स्मार्ट र उपयोगी बनाउने उद्देश्यसहित विश्वव्यापी नवप्रवर्तनको विस्तार गरिरहेको छ।
ग्राहकले नजिकको सोरुम वा सामसङको अनलाइन माध्यमबाट पनि अफरको फाइदा उठाउन सक्नेछन्।
 
सामसङ नेपालद्वारा नयाँ वर्ष २०८२ मा आकर्षक अफर: स्मार्ट जीवनशैलीलाई प्रोत्साहन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    