आज देखि गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको आइपिओ विक्री खुल्ला

गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्स लिमिटेडले २०८१ साल पौष २१ गते देखि आइपिओ जारी गर्दै छ । कम्पनीले रु. १०० अङ्कित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।

कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन पाउनेछन् ।

सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) पौष २४ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ ६ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x