ज्ञानमाण्डू। एप्पल कम्पनी एक बहुराष्ट्रिय प्रविधि कम्पनी हो। यो कम्पनी अनुसार सन् १९७६ अप्रिल १ मा स्टीव जब्स, स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्थापना गरेका थिए। एप्पल कम्पनीको मुख्यालय क्युपर्टिनो, क्यालिफोर्निया, अमेरिकामा स्थित छ। आउनुहोस् आज एप्पल कम्पनीका बारेमा केही रोचक तथा अनौठा तथ्यहरू पढौँ।
- एप्पलसँग अमेरिकी सरकारसँग भन्दा धेरै नगद (Cash) रहेको छ।
- सन् १९७६ मा एप्पलको पहिलो कम्प्युटर $६६६.६६ मा बिक्री भएको थियो।
- सन् १९८६ मा एप्पलले कपडा व्यवसाय सुरु गरेको थियो जुन "The Apple Collection" नामबाट सञ्चालन गरिएको थियो।
- यदि हामीले एप्पलका ग्याजेट्सहरूकाे विज्ञापनहरूमा ध्यान केन्द्रित गरेर हेर्याैँ भने, लगभग सधैँ जसो समय ९:४१ मा सेट गरिएको हुन्छ, जुन स्टीव जब्सले 2007 मा आईफोनलाई अनावरण गरेको समय हो।
- हामी सबैलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ तर एप्पलके आईप्याडको रेटिना डिस्प्ले सामसुङले उत्पादन गर्दछ।
- एप्पलको बजार पुँजीकरण अमेरिका, चीन, जापान र जर्मनी बाहेक अन्य देशहरूको भन्दा बढी रहेको छ।
- कार्ल सागनले एप्पललाई दुई पटक मुद्दा दायर गरेका थिए।
- एप्पलको म्याकबुक प्रो ले यसको ट्र्याकमा .२२ cal र ९ mm बुलेट रोक्न सक्छ जसले गर्दा यो बुलेट प्रुफ संरक्षक पनि मानिन्छ।
- एप्पलको लोगो संसारमा सबैभन्दा चिनिने मध्ये एक हो, यद्यपि, एप्पलको पहिलो लोगोमा आइज्याक न्युटनलाई देखाइएको थियो।
- एप्पल कम्पनीको नेटवर्थ सम्पूर्ण रुसी धिताेपत्र बजार भन्दा बढी छ।
- एप्पल स्टोरमा जागिर पाउनु भन्दा अध्ययनको लागि हार्वर्ड विश्वविद्यालयमा प्रवेश गर्नु सजिलो छ।
- स्टिभ जब्सलाई सन् १९८५ मा एप्पलबाट बर्खास्त गरिएको थियो ।
- एप्पल आईप्याडमा क्यालकुलेटर एप छैन।
- २०१४ को पहिलो त्रैमासमा एप्पलकाे कमाइ गुगल, फेसबुक र अमेजनको संयुक्त कमाइ भन्दा बढी थियो।
- एप्पलले २०२१ को पहिलो त्रैमासमा प्रति मिनेट ६९१,२३४.५७ डलर कमाएको थियो।
- एप्पलले २०१८ मा प्रति दिन ८४९,४५० आईफोनहरू बेचेको थियो।