लुम्बिनी केबलकार र शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क बिच सम्झौता

लुम्बिनी केबलकार र शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क बिच केबलकार प्रवर्द्धन सम्बन्धी सम्झौता भएको छ । बैङ्कका कुनै पनि शाखामा कार्यरत कर्मचारीहरूले लुम्बिनी केबलकारको यात्रामा २० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनुभयो ।

सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेसन म्यानेजर दिल्ली नारायण कायस्थ र शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको तर्फबाट मानव संसाधन विकाश तथा ब्रान्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x