नबिल बैङ्कको नाफा ६.५१ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.६९ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब २७ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ खर्ब ५३ अर्ब रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रति शेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा छ भने प्रति शेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा र पछिल्लो कारोबार मूल्य रु ५७२.९० को आधारमा मूल्य आम्दानी अनुपात २६.८८ गुणा रहेको छ ।
इम्पेरमेन्ट चार्ज बढ्दा नबिल बैङ्कको नाफा ६.५१ प्रतिशतले घट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
