रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँड सम्पन्न


रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान आइपिओ बाँडफाँड गरिएको हो।

कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो। उक्त निष्कासनमा ५ लाख ३२ हजार ८८८ आवेदकबाट २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन सदर भएका छन्।

सदर आवेदनमध्ये १८ हजार ४९५ जना लगानीकर्ताले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्, जसबाट ९ लाख २४ हजार ७५० कित्ता शेयर वितरण गरिएको छ। बाँकी रहेका १८ कित्ता शेयर भने १८ जना लगानीकर्तालाई थप एक–एक कित्ताका दरले बाँडफाँड गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x