धितोपत्र बजारमा ५७.९९ अङ्कको गिरावट, नेप्से २६३९.९२ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले घटेर २६३९ दशमलव ९२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले घटेर ४७६ दशमलव २४ को विन्दुमा पुगेको छ ।

आज कूल ३१९ कम्पनीहरूका १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर रु. ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ०४४ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह ३६ दशमलव ३१ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९४ दशमलव ३७ अङ्कले, वित्त उपसमूह १११ दशमलव ८३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १०८.४२ अङ्कले, जलविद्युत उपसमूह ६६.४३ अङ्कले, लगानी उपसमूह २.७१ अङ्कले, जीवन बिमा उपसमूह २८०.७३ अङ्कले, उत्पादन उपसमूह ११७.०२ अङ्कले, लघुवित्त उपसमूह ९४.५० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १५ अङ्कले, निर्जीवन बिमा २२८.९६ अङ्कले, अन्य उपसमूह ४९.८६ अङ्कले र ट्रेडिङ उपसमूह १०.१६ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x