एनआईसी एशिया र सिद्धार्थ हस्पिटालिटी बिच विशेष छुट सहकार्य

एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यसहित सिद्धार्थ हस्पिटालिटी सँग विशेष सहकार्य गरेको छ। यस सहकार्यअनुसार, बैङ्कका ग्राहकहरूले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका २२ आउटलेटहरूमा अधिकतम २० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने भएको हो ।

बैङ्कका अनुसार ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवामा (एकोमोडेसन) अधिकतम २० प्रतिशत छुट पाउने छन्। छुटको लाभ लिन ग्राहकहरूले बैङ्कको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबाइल बैङ्किङ एप ‘ NIC ASIA's MoBank ’ मार्फत भुक्तानी गर्नुपर्नेछ।

छुट सुविधा प्राप्त हुने आउटलेटहरूमा भैरहवाको सिद्धार्थ विलासा, नेपालगन्जको होटेल सिद्धार्थ, बौद्धको सिद्धार्थ बुटिक होटेल, बिर्तामोडको सिद्धार्थ ग्राण्ड सिटी, चिसापानीको सिद्धार्थ रिसोर्ट, सौराहाको सिद्धार्थ विलासा बन्दास, तथा काठमाडौँ, ललितपुर र अन्य सहरका एस क्याफे तथा सिद्धार्थ रेस्टुरेन्टहरू छन्।

सिद्धार्थ हस्पिटालिटीका होटेल, रिसोर्ट र रेस्टुरेन्टहरूमा लागू हुने छुटसँगै एनआईसी एशिया बैङ्कले ग्राहकको जीवनशैलीसँग जोडिएका सेवा र सुविधामा पहुँच विस्तार गर्दै गएको छ।

बैङ्कले आगामी दिनहरूमा पनि ग्राहक अनुकूल विभिन्न साझेदारीमार्फत बैङ्किङ सेवा मात्र नभई विविध लाभदायी अफरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x