सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भाद्र ११ गते मङ्गलबारका दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कुल ९ लाख २३ हजार ३५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ११ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा मङ्गलबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x