ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

ग्लोबल आइएमई बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट ३५ वर्ष अघि बैङ्किङ करियर सुरु गर्नुभएको उहाँले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । 


१६ वर्ष अघि ग्लोबल आइएमई बैङ्क (तत्कालीन ग्लोबल बैङ्क) मा डेपुटी म्यानेजर पदमा आबद्ध हुनुभएको उहाँलाई बैङ्कले तीन वर्षअघि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । सुरेन्द्रराज रेग्मी बैंकिंग समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका बैंकरको रूपमा समेत परिचित हुनुहुन्छ ।

बैङ्कको २०८१ साल श्रावण १० गते बिहीबार बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ४४३ औँ बैठकले गरेको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई मिति २०८१ भदौ ०१ गते देखि लागु हुने गरी सोही बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको ब्यहोरा सो बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x