आज देखि सूर्योदय वाेमी लघुवित्तले एफपिओ जारी गर्दै


सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रावण ०४ गते (आज) देखि एफपिओ जारी गर्ने भएको छ। कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार सम्म रहेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ । बैङ्क तथा वित्तीय संस्था ए‍ेन, २०७३ र नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्ट्याउनु पर्ने हुँदा कम्पनीले रु. ४६ लाख ७२ हजार ९५४  रुपैयाँ ५० पैसा रकम बराबरको प्रति शेयर अङ्कित मूल्य रु. १०० दरका ४६ हजार ७२९.५४५० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा थप सार्वजनिक निष्कासन  गरी (एफपिओ) बिक्री गर्न लागेको हो ।

एफपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण ०८ गते रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा श्रावण १८ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
कम्पनीको एफपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरी सी- आश्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् ।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x