जापानको सहयोगमा ‘भट्टे डाँडा सडकमा हरियाली अभियान’

काभ्रेपलान्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टे डाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरूप बिरुवा रोप्न थालिएको छ ।

धुलिखेल नगरपालिका उपप्रमुख नीराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गर्नुभएको हो ।

भट्टे डाँडा सडक खण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र सो क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । “पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नं ८ पिपल बोट चोकबाट भट्टे डाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाको रु दुई करोड ८७ लाख बजेटमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सो सडक खण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा सो क्षेत्रका होटेल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x