
नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई हालको चुक्ता पुँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांशका र कर प्रयोजनको लागि ३ दशमलव ६८४२ गरी कुल ७३ दशमलव ६८४२ प्रतिशत लाभांश वितरण गर्न यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ । राष्ट्र बैङ्कले १७.९३४२ प्रतिशतले हुन आउने रकम लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्न नेष्डाे समृद्ध लघुवित्तलाई निर्देशन दिएको हो ।
राष्ट्र बैङ्कद्वारा फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त एउटै प्रकृतिका संस्था बिच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैङ्कको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी बढाउन नसकिने लघुवित्तले नेप्सेमार्फत सूचना जारी गर्दै जानकारी दिएको छ ।
नेष्डाे समृद्ध लघुवित्तलाई लाभांश संशोधन गर्न राष्ट्र बैंकको निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            