
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले बढेर १९६३ दशमलव ५५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १८ दशमलव २५ अङ्कले बढेर ३७३ दशमलव ७१ को विन्दुमा पुगेको छ ।
आज कूल २६७ कम्पनीहरूका ६१ लाख ०७ हजार ४२५ कित्ता शेयर रु. १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह ६६ दशमलव ०३ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १९७ दशमलव ८० अङ्कले, वित्त उपसमूह १०८ दशमलव २१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ११८.३६ अङ्कले, जलविद्युत उपसमूह १२०.२८ अङ्कले, लगानी उपसमूह २ दशमलव ६९ अङ्कले, जीवन बिमा उपसमूह ४४३.२६ अङ्कले, उत्पादन उपसमूह २१८.२० अङ्कले, लघुवित्त उपसमूह १७२.६७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३९ अङ्कले, निर्जीवन बिमा ३४३.२९ अङ्कले, अन्य उपसमूह ४७.५५ अङ्कले र ट्रेडिङ उपसमूह ८४.२१ अङ्कले बढेका छन् ।
 
धितोपत्र बजारमा ९२.२२ अङ्कको वृद्धि , नेप्से १९६३.५५ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            