सोलु हाइड्रोपावरको आइपिओ पुस २९ देखि सर्वसाधारणका लागि खुल्ने

Gyanmandu | Achieving Excellence Together
सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आइपिओ निष्कासन तथा बाँडफाँड सम्पन्न गरेपछि पुस २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा कुल २ करोड कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी  बाँकी  रहेको ८२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

सर्वसाधारणले पुस २९ गतेदेखि माघ ४ गतेसम्म बैङ्किङ समयभित्र आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि माघ १४ गतेसम्म लम्बिनेछ।

आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम सङ्केत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x