ग्लोबल आइएमई बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

Gyanmandu | Achieving Excellence Together
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल असाेज २५ गते बसेको सञ्चालक समितिको ४५९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८१/०८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने ग्लोबल आइएमई बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x