साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा १११.७० अङ्कको वृद्धि


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १११.७० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १११ दशमलव ७० अङ्कले बढेर २६२३ दशमलव ६२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ०७ अङ्कले बढेर ४५५ दशमलव २८ को विन्दुमा पुगेको छ ।

आज कूल ३२९ कम्पनीहरूका २ करोड ३२ हजार २२४ कित्ता शेयर रु. ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ०७९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव १४ अङ्कले र निर्जीवन बिमा ४६०.२२ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ६० दशमलव ०० अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ३२२ दशमलव ६३ अङ्कले, वित्त उपसमूह १२४ दशमलव ४२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १४५.४४ अङ्कले, जलविद्युत उपसमूह १८६.२१ अङ्कले, लगानी उपसमूह ७.५९ अङ्कले, जीवन बिमा उपसमूह ६६६.६७ अङ्कले, उत्पादन उपसमूह ३३९.०५ अङ्कले, लघुवित्त उपसमूह १७५.४९ अङ्कले, अन्य उपसमूह ६.८३ अङ्कले र ट्रेडिङ उपसमूह ३०६.६२ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x