स्वयम्भू इन्टरनेशनल कलेजद्वारा आफ्ना TU Topper विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

प्राइम सिए द्वारा प्रवर्धित स्वयम्भू इन्टरनेशनल कलेज, लगनखेल ललितपुरले एक भव्य र उत्साहपूर्ण वातावरणमा “बृहत् छात्रवृत्ति तथा पुरस्कार वितरण समारोह” सम्पन्न गरेको छ । त्रि.वि. बाट सम्बन्धन प्राप्त यस कलेजमा सञ्चालित बि.सि.ए. (Bachelor of Computer Applications),  बि.बि.एम (Bachelor of Business Management), बि.बि.एस. (Bachelor of Business Studies) र एम.बि.एस. (Master of Business Studies) कार्यक्रम अन्तर्गत अध्ययनरत उत्कृष्ट, परिश्रमी र अनुकरणीय नतिजा हासिल गर्ने विद्यार्थीहरूको सम्मान र प्रोत्साहनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू प्रदान गरिएको थियो । यस अवसरले विद्यार्थीहरूलाई अझ मेहनत गर्न, आफ्नो क्षमता प्रदर्शन गर्न र भविष्यमा शैक्षिक र व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउन प्रेरणा दिने विश्वास लिइएको छ ।

कार्यक्रमलाई क्याम्पस प्रमुख, कार्यक्रम संयोजक, कलेज व्यवस्थापनका पदाधिकारीहरू, प्राध्यापकहरू र सम्बन्धित विद्यार्थीहरूको उपस्थितिले विशेष गरिमा प्रदान गरेको थियो । अतिथिहरूले आफ्नो मन्तव्यमार्फत कलेजको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ नवीनता, गुणस्तर र उत्कृष्टतासहित अघि बढ्न शुभकामना व्यक्त गरे ।

कलेजले गुणस्तरीय शिक्षाको अतिरिक्त विद्यार्थीहरूको लागि आवश्यक व्यवहारिक ज्ञानको लागि इन्टर्नसिपको पनि व्यवस्था गरेको छ । हालसम्म कलेजमा सञ्चालित बि.बि.एम., बि.सि.ए., बि.बि.एस. र एम.बि.एस. कार्यक्रम अन्तर्गत २५००+ विद्यार्थीहरू उत्तीर्ण भइसकेका छन् ।

स्वयम्भू इन्टरनेशनल कलेज, ललितपुरले भविष्यमा पनि शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखी विद्यार्थीहरूको सम्पूर्ण क्षमताको विकासमा निरन्तर योगदान दिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x