सागर डिष्टिलरीको आइपिओ सर्वसाधारणका लागि खुला, असोज २ सम्म आवेदन दिन सकिने


सागर डिष्टिलरी लिमिटेडले आज भदौ ३० गते देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आइपिओ निष्कासन खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको सेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब आम लगानीकर्ताका लागि आइपिओ ल्याएको हो।

कम्पनीलाई ७२ करोड ६० लाख रुपैयाँको जारी पुँजीमध्ये २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त छ। यसअन्तर्गत १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन भई बाँडफाँट भइसकेको छ। त्यस्तै, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ।

अब भने सर्वसाधारणका लागि ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरिएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन असोज २ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ।

यस आइपिओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x