एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि सुरु हुने भनिएको आइपिओ निष्कासन स्थगित गर्ने घोषणा गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर सार्वजनिक गर्ने तयारी गरेको थियो। तर हाल देशभरको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै निष्कासन अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोकिएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको जारी पुँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्ने योजना बनाएको थियो। यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीको लागि छुट्टाइएको थियो।
त्यस्तै, ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि राखिएको थियो। साथै, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएको थियो।
एसवाई प्यानलको आइपिओ निष्कासन स्थगित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
