
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर २९५४ दशमलव १४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १०.७५ अङ्कले घटेर ५०७ दशमलव ८४ को विन्दुमा पुगेको छ ।
आज कूल ३२७ कम्पनीहरूका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर रु. १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य अन्य उपसमूह २३.४२ अङ्कले बढेकाे छ । यता, बैङ्किङ उपसमूह २४ दशमलव २१ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २१३ दशमलव ७२ अङ्कले, वित्त उपसमूह ७३ दशमलव ३२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १५४.३९ अङ्कले, जलविद्युत उपसमूह ६३.८७ अङ्कले, लगानी उपसमूह २.०१ अङ्कले, जीवन बिमा उपसमूह २५०.९४ अङ्कले, उत्पादन उपसमूह १०८.३७ अङ्कले, लघुवित्त उपसमूह १८६.७१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, निर्जीवन बिमा २०८.६८ अङ्कले र ट्रेडिङ उपसमूह ७७.३५ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ४७.९३ अङ्कको गिरावट, नेप्से २९५४.१४ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    