धितोपत्र बजारमा ५७.०३ अङ्कको गिरावट, नेप्से २५८०.७६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ०३ अङ्कले घटेर २५८० दशमलव ७६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५४ अङ्कले घटेर ४६० दशमलव ११ को विन्दुमा पुगेको छ ।

आज कूल ३१२ कम्पनीहरूका १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर रु. ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालो लागेका छन् ।

बैङ्किङ उपसमूह २३ दशमलव ५६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १४२ दशमलव ५९ अङ्कले, वित्त उपसमूह १८६ दशमलव ७५ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६३.२९ अङ्कले, जलविद्युत उपसमूह ७४.६५ अङ्कले, लगानी उपसमूह २.७३ अङ्कले, जीवन बिमा उपसमूह २४४.९६ अङ्कले, उत्पादन उपसमूह १२०.१८ अङ्कले, लघुवित्त उपसमूह १२३.१३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २५ अङ्कले, निर्जीवन बिमा २५२.७६ अङ्कले, अन्य उपसमूह ४७.३० अङ्कले र ट्रेडिङ उपसमूह १०२.९९ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x