सिईडिबि हाईड्रोपावर डेभलपमेन्टको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?



सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मिति २०८१ साल भाद्र २९ गते, शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को लागि सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँ रकम बराबरको बोनस शेयर वितरण गर्ने भएको छ भने  बोनस शेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पुँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x