नेप्सेमा उछाल: नेप्से २७६०.९० को विन्दुमा, कारोबार रकम २१ अर्ब माथि



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर २७६० दशमलव ९० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ६५ अङ्कले बढेर ४९६ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

आज कूल ३३२ कम्पनीहरूका ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर रु. २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह १६ दशमलव ३६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १६९ दशमलव ६७ अङ्कले, वित्त उपसमूह २६२ दशमलव २८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१०.०५ अङ्कले, जलविद्युत उपसमूह ६९.७२ अङ्कले, लगानी उपसमूह ६.९० अङ्कले, जीवन बिमा उपसमूह २६४.७० अङ्कले, उत्पादन उपसमूह १४१.४६ अङ्कले, लघुवित्त उपसमूह ३४.३९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २७ अङ्कले, निर्जीवन बिमा २४३.६२ अङ्कले, अन्य उपसमूह ७९.९३ अङ्कले र ट्रेडिङ उपसमूह १०१.७९ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x