डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैङ्कले प्राप्त गर्‍यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवाडर्स २०२४’

एन आई सी एशिया बैङ्कले मुलुकको बैङ्क तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ (Infosys Finacle Innovation Awards 2024) प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि (Innovation Awards 2024) अन्तर्गत ‘च्यानल इनोभेसन प्लेटिनम’ -Channel Innovation Platinum) अवार्डबाट बैङ्क सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रडक्ट आईसर्भ (iServe) ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे बापत सो बैङ्कले १० विधामा २०० आवेदनहरूका बिच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो । आईसर्भ सो बैङ्कले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैङ्कको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरू जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । लाखौँ ग्राहकहरूमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा मार्फत अधिकांश डिजिटल बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको बैङ्कले प्राप्त गरेको सो सम्मानले यी सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरू माझ पुर्‍याउन टेवा पुग्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x